बाँकेको ८१ वडा मध्ये ७ वडाको मत परिणाम सार्वजनिक

 गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ । बाँकेका ८१ वटा वडा मध्ये ७ वटा वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । अहिलेसम्म काँग्रेस, एमाले र जसपा २÷२ र माओवादी केन्द्रले १ वटा वडा जितेका छन् ।

कांग्रेसले नेपालगञ्ज २३ र खजुरा १, एमालेले राप्तीसोनारीका १ र ३, जसपाले जानकी १ र नेपालगञ्ज २२ तथा माओवादीले कोहलपुर १ मा जित हासिल गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबरअली बेहना बिजयी भएका छन् ।

यस्तै जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई, राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का, राप्तीसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु, कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद जैसी र खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी भएका छन् ।मतपत्र ठूलो र अत्यन्त मन्द गतिमा मत गणना भएको कारण नतिजा आउन ढिलो भएको बताईएको छ । बाँकेको नरैनापुर, बैजनाथ र डुडुवामा मतगणना स्थगित भएको छ । स्थगित भएका ठाँउमा पुन सर्वदलिय बैठक बसेर सुचारु गर्ने तयारी भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.