डुडुवा १ मा कांग्रेसका वडाअध्यक्ष पटेश्वर विजयी

बाँके डुडुवा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल निर्वाचित भएको छ । कांग्रेसको तर्फबाट वडाअध्यक्ष पटेश्वर कुर्मीले ८ सय ४२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७ सय ६० मत ल्याएका छन् ।

जनता समाजवादी पार्टी(जसपा)का बद्री यादवले ३ सय २९ मत प्राप्त गरे । यस्तै सदस्यमा ज्ञानेन्द्र कुमार चौधरी र रामसागर लोनिया, महिला सदस्यमा सुष्मा यादव, दलित महिला सदस्यमा कनिकतारा पासी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.