खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमेयरका उम्मेदवार पक्राउ

दाङमा खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकाका स्वतन्त्रबाट उपमेयरमा उम्मेदवार शुसिल गन्दर्भ पक्राउ परेका छन् ।उपमेयरका उम्मेदवार गन्दर्भलाई खुकुरी प्रहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । र्ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ९डिएसपी० श्यामु अर्यालका अनुसार तुलसीपुर ४ स्थित उम्मेदवार गन्दर्भकै घर नजिकै शुक्रवार राती पौने ११ बजे दुईपक्षबीच झडप भएको थियो ।

खुकुरी प्रहारबाट तुलसीपुर ४ का २८ बर्षिय कुल बहादुर वली, ३० बर्षिय चन्द्र बहादुर वली, २८ बर्षीय रमेश खड्का र २२ बर्षीय प्रेम प्रकाश खड्का घाइते भएका छन् । जसमध्ये कुल बहादुर, चन्द्र बहादुर र प्रेम प्रकाश खड्कालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

२८ बर्षिय रमेश खड्कालाई राप्ती प्रादेशिक अस्ताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको डिएस

Leave a Reply

Your email address will not be published.