माैन अबधिमा खजुराकाे गिजरा पुगेको गठबन्धनका उम्मेदवारकाे गाडी नियन्त्रणमा

मौनअबधीमा खजुरा गाउँपालिकाको गिजरा बस्तीमा रातीको समयमा शकांष्पद गतिविधी गर्ने गठबन्धनका उम्मेदवारहरुलाई नेकपा एमाले निकट युवाहरुको समूहले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ ।

मौन अवधीमा प्रचार सामग्रीसहित पैसा वितरण गर्न वस्तीमा छिरेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिइएको दाबी गरीएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार मञ्जु मल्ललाई उनी चडेर आएको गाडीमै नियन्त्रणमा लिइएको हो भने अध्यक्षका उम्मेदवार डम्बर विक तुफान गाडीबाट भागेको प्रत्यक्षदर्शीले बताए ।

युवाहरुको समूहले उम्मेदवार सवार गाडीको घटनास्थलमै खानतलासी गर्न माग गरेपनि प्रहरीले एक घण्टासम्म वस्तीमै रोकेर आलटाल गरेपछि माहौल तनावग्रस्त भएको थियो ।

एमाले कार्यकर्तामाथी प्रहरी र सत्तारुढ दलको मिलेमतोमा आक्रमण गरिएको भन्दै एमाले अध्यक्ष किस्मत कक्षपतिले यसले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुनेमा आशंका उब्जाएको बताए ।

प्रहरीको मिलेमतोमा एमाले विरुद्ध षडयन्त्र गरिएको भन्दै कक्षपति प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई राती नै टेलीफोन सम्पर्क गरि गम्भिर ध्यानाकर्षण गराएका छन् । खजुरा २ सीतापुरमा समेत एमाले कार्यकर्तामाथी आक्रमण गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

एमाले कार्यकर्तामाथी आक्रमण भएपनि संयमता अपनाउन जिल्लाभर कार्यकर्तालाई निर्देशन दिइए

Leave a Reply

Your email address will not be published.