एमाले महासचिव पोखरेलले दाङमा मतदान गर्नुभयाे

नेकपा एमालेका महासचिब एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहको लागि आज भईरहेको निर्वाचनमा मतदान गर्नु भएको छ । महासचिब पोखरेलले दाङ जिल्लाको तुलसीपुर उपमहानरपालिका वडा नं. १९ जनता विद्यापीठ केन्द्र विजौरी ख बुथमा विहान ७ बजे मतदान गर्नु भएको हो ।


महासचिव पोखरेले सो वुथमा सबै भन्दा पहिलो मतदान गर्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । उहाँले मतदान गरेको बुथमा विहान ७ बजे देखिनै शान्तिपूर्ण तरिकाले निर्वाचन भईरहेको छ । आज देशभर स्थानीय तहको निर्वाचन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.