नेकपा एमालेको १० औं महाधिवेशनमा पिछडिएको क्षेत्र बाट केन्द्रिय सदस्य पदको उम्मेदवारमा : दल फडेरा

“जुझारु कार्यकर्ता ,उर्जाशिल नेतृत्व र गतिशील संगठन” निर्माण गर्न हुम्ला बाट प्रतिनिधित्व गर्दै आउनु भएका हिजो राजनीति परिवर्तनको संवाह र आजको रणनीति परिवर्तन र भोलिको जिवनस्तर रुपान्तरणको लागि जनताको लोक प्रीय नेता दल फडेरा हुनुहुन्छ ।

नेकपा एमालेको १० औं महाधिवेशनमा पिछडिएको क्षेत्र बाट केन्द्रिय सदस्य पदको उम्मेदवार म दल फडेरा लाई यस ऎतिहासिक घडीमा समाजवादको विचार विजारोपण गर्ने कमरेडहरु र त्यो विचारका लागि आफ्नो विचारका लागि जीवन बलिदान गर्ने महान सहिदहरु,त्यो महान विचार लाई अविचलित भै निष्ठापुर्वक पालना गर्ने सम्पुर्ण कमरेड र जुझारुमान एमाले जनहरुमा शिर निहुराई श्रद्धा र सम्मानका साथ लाल सलाम टक्राउन चाहान्छु ।

राजनीतिमा नयाँ ब्यक्तिहरु नेतृत्वमा आएर मात्र चमत्कारिक परिवर्तन हुने होइन ,त्यसका लागि गणतान्त्रिक समाजवादको जगमा उभिएर नविनतम विचार ,कार्यविधि र समाजवाद्को अनुशरण हुनुपर्दछ,।

जननायक कमरेड मदन भण्डारीले देशको लागि देखाउनु भएको सपनाहरू लाई एक्काइसौं शताब्दीको हुम्ली जनता र नेपाली जनताको आजको सपना संग एकाकार गरेर पार्टी लाई नीति बिधि र प्रविधिको प्रधानताभित्र सुसञ्चालित गर्न र नेकपा एमाले कार्यकर्ता र नेताहरू लाई वैचारिक रुपमा शिक्षित र दिक्षित बनाउनु आजको टड्कारो आवश्यकता हो, भन्ने कुरा लाई आत्मसात गर्दै नेकपा एमालेको नेतृत्व हुम्ला स्थापित गर्ने दृढ संकल्प सहित नेकपा एमालेको १० औं महाधिवेशन बाट पछडिएको क्षेत्र बाट केन्द्रिय सदस्य पदको लागि उम्मेदवारी दिएको बताएका हुन ।

मैले १० औ महाधिवेशनमा आफ्नो उमेदवारी घोषणा गरि निर्वाचनमा सहभागी भइ रहदा यसलाई एउटा नियमित प्रक्रिया मात्र ठानेको बताएका छ्न ।
पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा विजय र पराजयको उन्माद भन्दा पनि यो आफ्नो बिचार कार्यान्वयन गर्ने गहन जिम्मेवारि हो भन्ने ठानेको जटिल खबर संग जानकारी दिनु भयो ।

कर्णाली विकास आयोगको सदस्य समेत रहेका फडेरा नेकपा एमालेको सानो विद्यार्थी उमेर बाटै भातृ संगठनका विभिन्न जिम्मेवारी समाल्दै नेकपा एमाले लाई काँधमा राखेर कतै जिम्मेवारी प्राप्त गरेर काम गरे त कतै नेपाल परिवर्तनको संवाहक नेकपा एमाले हो भन्ने कार्य सम्पादन गर्दै ,कर्णालीको नेतृत्वदायी भुमिका वहनमा आफ्नो सोच र विचार लाई कार्यरुप दिदै आएको फडेरा बताउ छ्न ।
तसर्थ मैले एकपटक नेकपा एमाले हुम्ला भित्र नमुना संगठन निर्माण गर्न नेकपा एमाले अध्यक्ष ,राज नेता कमरेड केपि शर्मा वलि र स्व।क।मदन भण्डारीको परिकल्पना अनुरुपको समाजवादको नमुना स्थापना गर्न तिव्र इच्छा राखेको उम्मेदवार फ्डेराको भनाई छ ।

केन्द्रिय सदस्य पद लाई मैले आकांक्षाको प्राप्तिको भन्दा पनि सिद्धान्त प्राप्तिको रुपमा लिएको फडेराको भनाइ रहेको छ ।

आफू हुम्लाको अदानचुली गाउँ पालिका अध्यक्ष भएता पनि पार्टी लाई जागरण ,विकास,प्रवर्द्धन र संजालिकरण गरि अब्बल नेकपा एमाले बनाउने अभिलाषाको साथ केही प्रतिबद्धता जगजाहेर नै रहेको उम्मेदवार फडेराले बताउछ्न ।
नेकपा एमालेको केन्द्रिय सदस्यमा दल फडेरा किन स्
-जवजका पक्षधर
-संगठन बिस्तार र नेतृत्वदायि क्षमता
-बिषम् परिस्थितमा नेकपा एमाले,सुर्य चिन्ह र राजनेता केपी ओलिको लागि शतिसाल बनेर खडा
-पाटिको निति र नेतृत्वको रक्षा कबच बनेर बिरोधि माधी धावा बोल्ने

प्रतिकुलतालाइ अनुकुलतामा बदल्न सक्ने
-हाल स्थानीय सरकारको नेतृत्व सफलता का साथ काम गरिराख्नु भयको
-स्पष्टबक्ता
-जनताको बिकास र समृद्धिको सपना साकार पार्न सक्ने
-हुम्लालाइ विकास को नमुना जिल्ला स्थापित गर्न ।
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा हुम्ला जिल्ला कम्युनिष्ट पार्टी का खम्बा विभिन्न आन्दोलन को नेतृत्व गर्दै ३० औं बर्ष कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति निरन्तर लागिरहनु भएका आफ्नो छवि उच्च बनाएका , समग्र हुम्ला अनि कर्णाली प्रदेश को बिकास निर्माणको जगलाई दर्भिलो बनाउदै जनताको जीवनस्तर माथी उठाएका , जनस्तर सम्म आफ्नो नाम र काम सगै परिणामलाई जनताले अनुभुती गर्न सक्ने हजारौं योजनाहरु पूरा गर्ने , युवा , बयस्क , बुढा बुढी हरेकको मन मुटुमा रहन सफल हुम्लाका जनप्रिय नेता, हुम्ली जनताको अभिभावक नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा लाई दशौ राष्ट्रिय महाधिवेशनबाट पिछडिएको क्षेत्रका उम्मेदवार केन्द्रीय सदस्यमा भारि मत सहित बिजयी गराउन विभिन्न भुगोल ,क्षेत्र वाट प्रतिनिधित्व गर्दै आउनु भएका महाधिवेशन प्रतिनिधि सबैलाई हार्दिक अपिल गर्नु भएको छ ।

जटिल खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *