म्याराथनको मन्त्री अथकले गर्नुभयो उदघाटन, सातौं नेपालगञ्ज म्याराथनको उपाधि बोगटीलाई

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगञ्ज म्याराथनको उदघाटन गर्नुभएको थियो । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाउनुभएकाे थिए भने महानायक राजेश हमालले सिठ्ठि फुक्नुभएकाे थियाे ।

म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताउनुभयाे । नेपालगञ्ज म्याराथनले स्थानीयदेखि खेल क्षेत्रका भेट्रानहरु समेतलाई सडकमा उतार्न सफल भएकोमा खुशी ब्यक्त गर्दै मन्त्री अथकले नेपालगञ्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताउनुभयाे ।

“राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल” भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासकालागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री अथकले बताउनुभयाे ।

म्याराथनमा सहभागी हुन नेपालगञ्ज पुगेका महानायक राजेश हमालले नेपालगञ्ज खेलकुदको शहर भएको बताउनुभयाे । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगञ्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गर्नुभयाे।

स्वास्थ्यसँग सम्बन्धित नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिनुभएकाे थियाे ।

यसतै नेपालगञ्जमा सञ्चालित सातौं नेपालगञ्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पार्नुभएकाे । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गर्नुभएकाे हाे ।

त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत रहनुएकाे छ । उहाँले उक्त दुरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पार गर्नुभएकाे िथयाे । उहाँ नेपाली सेनाका त्रिभुवन आर्मी क्लबकाे हुनुन्छ ।

तेश्रो स्थानमा आर्मीकै सन्तोष बिष्ट हुनुभएकाे छ । उहाँले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गर्नुभएकाे छ । फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *