बाँकेमा ३ जना डिस्चार्ज , थप २ जनामा संक्रमण

बाँकेमा बुधवार कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा ६० वटा नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १८ र बागेश्वरी प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका दुवैजना बाँकेका हुन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ४३ पुगेको छ ।

यस्तै बुधवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *