एमाले मधेश विरोधी पार्टी नभएको स्पष्ट पार्नुभयो:अध्यक्ष ओली

 

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेश विरोधी पार्टी नभएको स्पष्ट पार्नुभएको छ ।

एमाले बाँकेले बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्ने उद्देश्यले विभिन्न भ्रम फिजाउने काम भएको भन्दै त्यस्ता भ्रम फिजाउने कार्य समाप्त भएको बताउनुभयो ।

एमाले राष्ट्रिय हित र राष्ट्र निर्माणको सवालमा कसैसँग सम्झौता नगरिने भन्दै उहाँले तराइको विकासमा एमालेले उल्लेखिय भूमिका निर्वाह गरेको दावी गर्नुभयो । अध्यक्ष ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु पनि आफ्नै नेतृत्वको सरकारका पालामा भएको दाबी गर्नुभयो ।

भेरी बबई डाइभर्सन आयोजना, बाँकेको सिक्टा सिंचाइँ आयोजनालाई गतिशिल बनाउने काम भएको जीकिर गर्नुभयो।

कार्यक्रममा स्वतन्त्र राजनीतिक समुहका नेता पशुपति दयाल मिश्रलगायत ४ हजार भन्दा बढी पार्टीमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल, एमाले बाँकेका उपाध्यक्ष किष्मतकुमार कक्षपति, प्रवेशीहरु पशुपति दयाल मिश्र, अब्दुल करिम खाँलगायतले सम्वोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *