एमालेले मौका पाउनेबित्तिकै देशको विकास कसरी काम गर्छ भनेर जनताले थाहा पाइसकेको : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज धेरै व्यक्ति उज्ज्वल भविष्य देखेर नेकपा एमालेमा प्रवेश गरेको बताउनु भएको छ ।’

उहाँले एमालेमा प्रवेश गर्नेहरू कहिले पनि पछुताउनुनपर्ने पनि बताउनुभयो । ‘एमाले प्रवेश गर्नेहरू कहिले पनि पछुताउँदैनन्, पाँच वर्षपछि एमालेमा प्रवेश गरेर समयमै बुद्धि पुर्‍याइएछ भनेर भन्नुहुनेछ,’ ओलीले भन्नुभयो, ‘नेकपा एमालेका नेताहरूको अरू कुनै उद्देश्य छैन, आफ्ना परिवारका सदस्यहरूलाई घर किनिदिने उद्देश्यका लागि राजनीति गरेको होइन, आफ्नो परिवारका छोरीबुहारीका लागि राजनीति गरेको होइन एमालेले । हाम्रो पार्टीले देश र जनताका लागि राजनीति गरेको हो ।’

उहाँले एमालेले मौका पाउँदा कसरी काम गर्छ भनेर पनि जनताले थाहा पाइसकेको पनि दाबी गर्नुभयो ।

‘देशको विकास मौका पाउनेबित्तिकै कसरी काम गर्छ एमालेले भन्ने कुरा सधैं देखाएको छ । २०५१ सालमा अल्पमतको सरकार बन्यो त्यसबेला कहिले पनि कसैले नस सम्झेको काम एमालेले गर्‍यो । जेष्ठ नागरिकहरूलाई एमालेले सम्झियो, वृद्धभत्ताको व्यवस्था एमालेले गर्‍यो,’ ओलीले भन्नुभयो , ‘एमालेले एकपल्ट मात्र होइन सधैं सम्झन्छ । एमालेले नै जेष्ठ नागरिक भक्ता १ सयबाट आज आएर दिनकै १ सय ३३ रुपैयाँ पुर्‍याएको छ अर्थात् महिनाको ४ हजार पुर्‍याएको छ ।

यति मात्र होइन सबैको सहारा एमाले बनेको छ ।’उहाँले धनकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *