देशभर थप ४४० जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

देशभर पछिल्लो समय ६ हजार ८ सय १४ जनामा कोरोना परिक्षण गर्दा थप ४४० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६० जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ४७४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १५५,भक्तपुरमा १५ र ललितपुर जिल्लामा ३२ गरी उपत्यकाभित्र कुल २०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *