सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुग्गाे

सल्यानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटना स्थलमा र उपचारको क्रममा  १० जना महिला र २ जना पुरुष गरेर १२ जनाको मृत्यु भएको छ । सल्यानको खलंगा बाट दाङको तुलसीपुर तर्फ जादै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको पत्रकार मिना बुढाथाेकीले अाफ्नाे फेसबुकवालमा उल्रलेख गर्नु भएकाे छ  ।दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।

दुर्घटनामा परेर दर्जन बढी घाइते भएका छन । घाइतेहरुको उद्वार गरेर अस्पताल पठाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।दुर्घटनाका गम्भीर घाइतेहरुलाई थप उपचारको लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टर पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *