महिला भलिबलमा नेपालगन्ज विजयी

बाँके जिल्ला खेलकुद समितिको आयोजनामा भएको जिल्लास्तरीय विद्यालय तहको छात्रा(महिला) भलिबल प्रतियोगितामा नेपालगन्ज विजयी भएको छ । बाँकेको खजुरा गाउँपलिका वडा नं.२, गौघाटस्थित शुक्र माविको भलिबल स्टेडियममा शुक्रबारदेखी आज सम्म खेल संचालन भएको थियो ।
उक्त प्रतियोगितामा विजेताका लागि भएको खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले प्रथम भएको हो । नेपालगन्जले कोहलपुरलाई १९–२५, २५–१६ र २५–२२ अन्तरले सेटमा हराएको थियो ।
बिजेता बनेको नेपालगन्जले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त प्राप्त गरेको छ । उपबिजेता बनेको कोहलपुरले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।
त्यसैगरी तेश्रो स्थानमा राप्तीसोनारी र सान्त्वना बैजनाथ गाउँपालिकाको समूह भएको छ । तेश्रा र सान्त्वना हुनेलाइ क्रमशः रु २० हजार र १० हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा बाँके जिल्लाका सबै ८ वटै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मोहित शाहले जानकारी दिनु भयो ।
खेलका विजेतलाइ खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले बिजयीहरुलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *