बजैनाथ गाउँपालिकामा एमाले अध्यक्षमा थापा निर्वाचित

नेकपा एमालेको बैजनाथ गाउँपालिका स्तरीय गाउँकमिटीको अधिवेसनबाट इन्द्रबहादुर थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुुनु भएको छ । यही ९ गते उदघाटन भएको अधिवेसनमा आन्तिरक तयारीका कारण आज निर्वाचन सम्पन्न भएको हो ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य एमव अध्यक्ष मण्डलका सदस्य नन्द विश्वकर्माका अनुसार उपाध्यक्षमा प्रेम पूर्णा योगी, सचिवमा प्रेम सुवेदी उपसचिबद्वय एकता शाह र प्रेम खत्री सर्व सम्मत रुपमा निर्वाचित हुनु भएको छ । अध्यक्षका लागि सचिवमा निर्वाचित खत्री र अध्यक्षमा निर्वाचित थापाको दुबै जनाको दावीका कारण एकदिन अधिवेसन लम्बिएको थियो ।

बैजनाथ गाउँपालिकामा एमाले बलियो संगठन भएको गाउँपालिका पर्दछ । अध्यक्षमा निर्वाचित थापा यसभन्दा पहिले एमाले जिल्ला कमिटीमा खुल्ला प्रतिष्पर्धाबाट निर्वाचित जिल्ला कमिटी सदस्य समेत हुुनु हुन्छ ।बैजनाथ गाउँपालिकामा  ७५ सदस्य कमिटि सर्बसम्मत निर्बाचित भएकाेले हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *