एमाले अध्यक्षमा खजुरामा धिताल र जानकीमा बर्मा निर्वाचित


नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको खजुरा गाउँपालिका स्तरीय अधिवेसनबाट गेहन्द्र धिताल सर्वसम्मत रुपमा गाउँपालिका कमिटीको अध्यक्षमा निर्वाचित हुुुनु भएको छ । उहाँको उम्मेदवारीमा सबै प्रतिनिधिले सर्वसम्मत रुपमा ताली बजाएर हलबाट पारित गरेका थिए । अध्यक्ष धितालको अध्यक्षमा ७० सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) खजुरा गाउँपालिकाको उपाध्यक्षमा झकबहादुर पौडेल, सचिवमा देउमाया मगर्नी उपसचिबद्वयमा ललन्न प्रसाद यादव र सैजात अलि निर्वाचित हुनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश कमिटीले अधिवेसनमा सहजीकरणका लागि सांसद एवम एमाले नेता नन्दलाल रोकायको नेतृत्वमा प्रदेश कमिटीका सदस्यलाई जिम्मेवारी दिएको थियो ।


यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) जानकी गाउँपालिका कमिटीको अध्यक्षमा विश्राम कुमार बर्मा सर्वसम्मत रुपमा पालिका कमिटीको अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँको अध्यक्षमा ५५ सदस्यीय पालिका कमिटी चयन भएको छ । उपाध्यक्षमा रामनरेश मौर्या, सचिवमा राजीतरा यादव,उपसचिबद्वयमा यज्ञश्वरी शाह र आशोक राना सर्वसम्मत रुपमा नै निर्वाचित हुनु भएको छ । प्रदेश कमिटीका सदस्य तथा निवर्तमान गाउँपालिका कमिटीका अध्यक्ष पदम धितालका अनुसार सबै भुगोल समेटेर कमिटी निर्माण भएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *