जानकी वडा नं. १ मा सोहराब खा सर्वसम्मत वडा अध्यक्षमा निर्वाचित

नेकपा एमाले जानकी गाउँपालिका वडा नं. १ को वडा अधिवेसनबाट सोहराब खा सर्वसम्मत रुपमा वडा अध्यक्षमा निर्वाचित हुुनु भएको छ ।नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नु भएको अधिवेसनबाट २० सदस्यीय वडा कमिटी गठन भएको छ ।

नेकपा एमालेको संगठन विस्तार तथा महाधिवेसनको मिति अनुसार आजै देश भरका ६ हजार ७४२ वडा कमिटी तथा शाखा ककिटीको अधिवेसन अध्यक्ष ओलीले एकैसाथ उदघाटन गर्नु भएको थियो । वडा अधिवेसनका लागि नेकपा एमाले जानकी गाउँपालिका कमिटीका प्रमुख अथित्य जयराम यादव को उपस्थितिमा सम्पन्न भएको थियो ।

उहाँले अनुसार अधिवेसन सम्पन्न गर्नका लागि पार्टीको विधान, पार्टी जिल्ला कमिटी र जानकी गाउँपालिकाको सर्कुलर अनुसार अधिवेसन सम्पन्न भएको हो ।
अधिवेसनले अध्यक्षमा सोहराव खा,उपाध्यक्षमा उमेश नाथ मिश्रा, सचिवमा सकिल अहमद राई, उपसचिबमाद्वय ओम प्रकाश कादु र पुष्प खटिक निर्वाचित हुनु भएको छ । यसैगरी सदस्यमा, विनोद कादू,फागु खटीक, राम मिलन यादव,दुर्गा प्रसाद बर्मा,लक्ष्मी नारायण शुक्ला,सरोवर कदू,मञ्जु कन्दु,चन्द तारा चमार,जमिरुल साई,निजामुद्दिन तेली निर्वाचित हुनु भएको छ ।

अधिवेसनले गाउँपालिका अधिवेसनका लागि प्रतिनिधि चयन समेत गरेको छ । आजै वडा कमिटीको पहिलो बैठक बसी अधिवेसनको उदघाटन गरिदिनु भएकोमा पार्टीका केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष धन्यवाद प्रकट गरेको छ । यसैगरीआगमी बैठक मंसिर ५ गते बस्ने निर्णय गरेको छ ।

सकिल अहमद राइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *