किसानहरुलाई राहत दिन माग गर्दै पूर्वमन्त्री राइद्धारा सरकारको ध्यानाकर्षण

 

बेमौसमी वर्षाका कारण बाँके, बर्दिया , कैलाली, कञ्चनपुरलगायत जिल्लामा किसानले भित्र्याउन ठिक्क पारेको धानबाली नष्ट भएको छ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण धानबाली सखाप भएपछि किसान चिन्तित बनेका छन्।किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होइन नदीले बगाएको समेत छ। केही दिनदेखि परेको वर्षाले खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान पिरलोमा परेका छन्।वर्षभरी खाने अन्न स्वाहा भएपछि किसानहरु राहतको माग गर्न थालेका छन् ।

बाढी र डुवानले किसानलाई ठूलो क्षती पुगेपछि पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले चासो व्यक्त गर्नुभएको छ ।आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उहाँले दुख मनाउ गर्नुभएको छ । उहाँले तत्काल पीडितहरुलाई राहात प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

खेती भित्र्याउने बेला अचानक अविरल वर्षाले धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको भन्दै उहाँले तत्काल राहातको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।बाँके क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभमा निर्वाचित राइले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बाँकेमा मात्रै साढे ७ हजार हेक्टर जमिनको धानबालीलाई वर्षाले क्षती पुर्याएको छ ।

खाेज खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *