साफ च्याम्पियनसिप २०२१ भारत भयाे

नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतको हातबाट शनिबार ३–० ले पराजित भएको छ । नेपालको ‘टेक्निकल एरिया’ मा प्रतिबन्धका कारण प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी थिएनन् ।

नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित उपहार पनि दिन सकेनन् । पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उप विजेतामै सीमित रह्यो भने भारतले प्रतियोगितामा आफ्नो एक छत्र प्रभुत्व कायम राख्यो ।

वर्षाबीच चलेको खेलको पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो । पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *