नागरिक सहायता कक्षमा कार्यरत सहजकर्तालाइ सामग्री हस्तान्तरण

 

विहानी युवा क्लब जानकी गाउँपालिकाले नागरिक सहायता कक्षमा कार्यरत सहजकर्ताका लागि एकदिन अन्तक्र्रिया तथा सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाका ६ वटै वडामा कार्यरत सहजकर्ता र जनप्रतिनिधिबीच मंगलबार सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जानकी गाउँपालिका कार्यवहाक अध्यक्ष भुमिसरा धितालले नागरिक सहयता कक्षले आम नागरिकलाई वडा देखि गाउँपालिका कार्यालयसम्ममा काम गर्दा गरेको सहयोगको प्रसंसा समेत गर्नु भएको थियो । उहाँले यस कार्यका लागि विहानी युवा क्लबले निर्वाह गरेको भुमिका प्रसंसनीय भएको बताउनु भयो ।

नागरिक सहायता कक्षमा काम गर्ने सहजकर्ताका लागि आर्थिक बर्ष २०७८।०७९का लागि क्लबले संझौता पत्र र आवस्यक सामग्री समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा नं.२ र ३ का वडा अध्यक्ष कार्यपालिका सदस्य, युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा लगायतले पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान समेत गर्नु भएको थियो ।

जानकी गाउँपालिका ६ वटै वडाहरुमा दैनिक कामको सिलशीलामा आउने सेवग्राहीका लागि सहयोग गर्ने उद्देश्यका साथ नागरिक सहायता कक्षमा सहजकर्ताको गाउँपालिकासँग साझेदारीमा सो कार्यक्रम संचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *