जानकी गाउँपालिका वडा नं. ६ ले पर्वहरुकाे शुभकामना कार्यक्रम सम्पन्न

बाँकेको जानकी गाउँपालिका वडा नं. ६ कार्यालयले दशै, दीपावली, मोहमद डेको अवसरमा आइतबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वडाबासीको उपस्थितीमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालले शुभकामना मन्तव्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष स्वर्गिय रामनिवास यादवका योजना र विकासका कार्यक्रमलाई सफल बनाउन आफुले अगुवाइ गर्ने बताउनु भयो । उहाँले स्वर्गिय अध्यक्ष यादवले तयार पारेकाका कार्यक्रम तथा नीतिलाई कार्यान्वयन गर्ने कार्यमा गाउँपालिका बासीले सहयोग गर्नुपर्ने समेत बताउनु भयो ।


कार्यक्रममा स्वर्गिय गाउँपालिका अध्यक्ष यादवका जेठा छोरा हिमाम्सु यादवले सबै पालिकाबासी र वडा बासीमा शुभकामना व्यक्त गर्नु भएको थियो । वडा नं. ६ का अध्यक्ष सुरेश अहिरले स्वर्गिय गाउँपालिका अध्यक्ष यादवको वडा समेत वडा नं. ६ भएकोले आगमी दिनमा सबै वडाबासीको सहयोगमा उहाँले देखाएको बाटोमा लाग्ने र सो कार्यको अगुवाई सुपुत्र हिमाम्सु यादवले गर्नु पर्ने धारणा राख्नु भएको थियो । सरल, असल जनप्रतिनिधि स्वर्गिय गाउँपालिका अध्यक्ष यादवको सपना साकार पार्ने जिम्मा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भएपनि यसको मुख्य अगुवाई सुपुत्रको हुनु पर्ने धारणा राख्नु भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, युवासंघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा, वडा नं. ५ का अध्यक्ष रमेश वर्मा, वडा नं. ४ का अध्यक्ष विश्राम वर्मा, कार्यपालिका सदस्य राजकुमार धोवी, शिक्षा कार्यालय समन्वय इकाई बाँकेका सुरेश यादव, शिक्षक महासंघका अध्यक्ष द्रोण थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रमा सयौंको संख्यामा वडा नं. ६ का बासिन्दाको सहभागिता रहेको थियो भने जानकी गाउँपालिकाका विभिन्न वडाबाट प्रतितिनिधित्व गर्ने एमाले नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *