बागमती प्रदेशकाे मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै

 

बागमती प्रदेशकाे मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिनु हुने भएकाे छ । नेकपा (एमाले) विभाजनमा १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा पर्नुभएकाे मुख्यमन्त्री शाक्यले आइतबारदेखि सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लागेकाे हाे।

आइतबार दिउँसो ३ बजे बस्ने संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनु हुने छ । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउनु भएकाे थियाे। शाक्यले असोज २५ गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *