देशभर हाल १५ हजार ३४० जना सक्रिय संक्रमित

देशभर पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,१६८ पीसीआर परीक्षणमा ६३६ र ५,८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।

तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १२५, कास्कीमा १०९, ललितपुरमा ५७, झापमा ४१, चितवनमा २९, भक्तपुरमा २५, सुनसरीमा २३, रुपन्देहीमा २२, स्याङ्जामा २१, दाङ र मोरङमा १६÷१६, कैलालीमा १२, बाँकेमा ११, नवलपरासी पूर्वमा १० जना संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *