बैजनाथ साक्षर गाउँपालिका घोषणा

बाँकेको बैजनाथ गाउँपालिकालाई शुक्रवार साक्षर गाउँपालिका घोषणा गरिएको छ । जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा पालिकाका अध्यक्ष मानबहादुर रुचालले साक्षर पालिका घोषणा गर्नु भएकाे हाे

बैजनाथ गाउँपालिकाको कुल जनसंख्या ५४ हजार ४ सय १८ रहेको छ । तीमध्ये ९७ प्रतिशतबढी नागरिक साक्षर भएसँगै शुक्रवार एक कार्यक्रमका बीच साक्षर घोषणा गरिएको हो । अन्य निरक्षरलाई पनि साक्षर गराउनेगरी कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष रुचालले जानकारी दिनु भयाे । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, शिक्षा समन्वय इकाइका प्रमुख रामसुरेस यादवलगायतले आआफ्नो धारणा व्यक्त गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *