अनेरास्ववियुले भोली शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

 

अनेरास्ववियु बाँकेले विभिन्न पर्वहरुको अवसर पारेर २० गते भोली घटस्थापनाका दिन जिल्लास्तरीय शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । आसन्न पर्वहरु वडा दशै, तिहार, मोहमद डे र क्रिस्मस डेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष दिनेश केसीले जानकारी दिनु भयो ।

नेपालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियु विद्यार्थीको हक, अधिकार र शैक्षिक गुणस्तरका लागि अग्रनी भुमिका निर्वाह गर्ने विद्यार्थीहरुको संगठनको रुपमा स्थापित संगठन भएकोले पर्वहरुको अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा रहेका विद्यार्थीहरुबीच आपसी सम्बन्ध, अनुभव आदान प्रदान र एकै विचार र एकै उद्देश्य भएकाहरुबीच सम्बन्ध विस्तारका लागि समेत यो कार्यक्रम सहयोगी हुने अध्यक्ष केसीको भनाइ छ ।

शुभकामना आदान प्रदान कार्यक्रममनेकपा एमालेको जिल्ला पार्टी कार्यालय बाँकेमा विहान ९ बजे देखि शुभारम्भ गरिने भएको छ । सो कार्यक्रममा प्रमुख अथितीको रुपमा केन्द्रीय उपाध्यक्ष झपेन्द्र खत्री आउनु हुने अध्यक्ष केसीले जानकारी दिनु भयो । कार्यक्रममा शुभकामना आदान प्रदानका साथै सहभागीका लागि पर्वहरुको अवसरमा सोही अनुसारको खानाको समेत व्यवस्था गरी एकै बैचारिक परिवारका सबै सँगैबसी खाना खाँदा आत्मियता समेत अझै बलियो हुने भएकोले सो कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियुले जानकारी दिएको छ । कार्यक्रममा अनेरास्ववियुका साथै पार्टीका नेता तथा कार्यकर्ताको समेत सहभागिता हुने अध्यक्ष केसीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *