ईपीएल : भैरहवाले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ ।

त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो ।

यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए । आज घाम लागेपछि टीयूको मैदानमा खेल सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *