बैजनाथमा पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिता शुरु

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथको आयोजनामा व्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिएको छ । विजया दशमी २०७८ को उपलक्ष्यमा भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथले पालिकास्तरीय व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा आज व्याटमिन्टन प्रतियोगता उदघाटन गरिएको छ ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले शारीरिक रुपमा स्वच्छ जीवन यापनका लागि खेल महत्वपूर्ण रहेको बताउनुभयाे ।रुचालले बैजनाथ गाउँपालिकाले खेलकुदको विकासका लागि वडास्तरमा खेलमैदान निमार्ण, खेलकुद प्रतियोगिता जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयाे । उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

अध्यक्ष रुचालले कोर्डमा व्याटमिन्टन खेली उदघाटन गर्नुभएको थियो । कार्यक्रमम बैजनाथ गाउँपालिका वडा न १ का अध्यक्ष रुपबहादुर मल्ल समाजसेवि लगायतको सहभागिता रहेको थियो । उदघाटन सत्रको सभा अध्यक्ष नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथ अध्यक्ष मोहन सि राना मगरले गर्नुभएको थियो । प्रतियोगिता थारु भिलेज होमस्टे गाभर भ्यालीमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *