बर्दियामा चितुवाले २२ वटा खसी बाख्रा मार्यो

बर्दियामा चितुवाले बाख्रा फर्ममा पसी २२ वटा खसी बाख्रा मारेको छ ।

गएराती गुलरिया नगरपालिका वडा नं. ५ मा रहेको चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा रहेका २२ वटा खसी बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिनुभयो ।

फर्ममा रहेका सबै खसी बाख्रा चितुवाले मारेको छ। थप विवरण आउन बाँकी रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *