ईपीएलमा काठमाडौं किंस ११ काे विजयी सुरुवात

बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर राएल बर्लकाे उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंस ११ ले चाैथाे संस्करणकाे एभरेष्ट प्रिमियर लिग ईपीएलमा विजयी सुरुवात गरेकाे छ ।

ईपीएल अन्तर्गत शनिबार भएकाे उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेकाे हाे । ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।

काठमाडौंकाे जितमा जिम्बाव्वेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे । १५६ रनकाे लक्ष्य पछ्याउने क्रममा काठमाडौंकाे सुरुवात पनि राम्राे हुन सकेन ।ओपनर सुबास खकुरेल पहिलाे ओभरमा खाता नखाेली रनआउट भए भने अमित श्रेष्ठ दाेस्राे ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएकाे थियाे ।

तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै काठमाडौंकाे ईनिङ्स समहाले । उनलाई राएन बर्लले गतिलाे साथ दिए । यी दुईले तेस्राे विकेटका लागि ७६ रनकाे साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चाैका र ४ छक्का मद्दतमा ५९ रन बनाए ।

११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंकाे स्काेर८८ थियाे । त्यसपछि बराबरी बर्लले आक्रमक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए ।

बर्लले राजु रिजालसंग चाैथाे विकेटका लागि अविजित ७२ रनकाे साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए ।

बर्लले ३४ बल खेल्दै ३ चाैका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए । बर्लले १५अाैं ओभरकाे दाेस्राे बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चाैका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै २ चाैका मद्दतमा अविजित १९ रन बनाए ।

ललितपुरका पवन सर्राफले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ललितपुरले पवन सर्राफकाे अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएकाे हाे । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए ।

खेलकाे पहिलाे बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकाेडी २ रन बनाएर आउट भए ।

दाेस्रने ओभरमा गुल्शन झा ले ओसादा फर्नान्डाेलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायाे ।

त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरकाे ईनिङ्स सम्हाले । यी दुईले तेस्रने विकेटका लागि ५६ रनकाे साझ्दारी गरे ।

शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।त्यसपछि पवन र याेगेन्द्र सपंह कार्क्कीले पाँचाै विकेटका लागि ६२ रनकाे साझेदारी गरे ।दुवैलाई काठमाडौंका राएन बर्लले १७ अाैं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चाैका र ४ छक्का मद्दतमा ६१ रन बनाए । याेगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जाेडे ।

पहिलाे पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी बनेका रन्जुग मिक्याे दाेर्जीले अविजित १७ रन जाेडे ।

काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । राएन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झा ले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४रन खर्चिएपनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *