सरकारकाे काम कार्यकर्ता पोस्ने  मात्रै काम हाेः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनसरोकारका योजना स्थगित गरी याे सरकारकाे काम कार्यकर्ता पोस्ने  मात्रै काम हाे भन्नु भएकाे छ । बुधबार नेपालगञ्जमा नेकपा एमालेले आयोजना गरेको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो भन्नु भएकाे हाे ।

जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक, अस्पताल, पुल पुलेसा जस्ता योजना रोकेर कार्यकर्तालाई नगद बाँड्ने गरी कार्यक्रम ल्याउनु नै जनविरोधी कार्य हो ।’ उहाँले गठबन्धनबाट बनेको वर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी भएको बताउनु भयाे ।

‘परमादेशबाट बनेको सरकारले १ हजार ४ सय सडक आयोजना रद्ध गर्नु, परराष्ट्र मामिलाका जानकार तथा विद्वान–विद्वान व्यक्तिहरुलाई राजदुतावासबाट फिर्ता बोलाउनु, भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु र पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याउनुले बर्तमान सरकारको जनविरोधी कार्य छरपस्ट हुन्छ भन्नु भयाे ।

पूर्व प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, आवास, सामाजिक विकास जस्ता कुरामा तत्कालिन आफ्नो नेतृत्वको सरकारले महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको जानकारी दिंदै –‘ हामीले जनता आवास अन्र्तगत बनेका १२ हजार घर वितरण, ३१ वटा सडक पुल तथा २ सय १० वटा सडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्ररुपमा अघाडि बढाएका थियौ त्यो गठबँधनेलाई पाच्य भएन भन्नु भयाे।’

कार्यक्रममा लुम्विनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले माओबादी र नेकपा एकिकृत समाजवादी पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताउदै उनले माधव नेपाल र प्रचण्ड पार्टी विभाजनका प्रतिक भएको बताउनु भयाे । उहाँले माओबादीमा रहेका पुराना नेताले प्रचण्डको साथ छाडिसकेको दाबी गर्दै वर्तमान सरकारले बनाउने काम भन्दा बनेका कुरालाई भत्काउने काम गरेको बताउनु भयाे ।

उहाँले पार्टी निर्माणको मौकालाई वडा र त्यो भन्दा तल टोलकमिटी सम्म पुराउन निर्देशन समेत दिदै –‘ अहिले हामीलाई पार्टी निर्माणको लागि मौका आएको छ । सबै नेता कार्यकर्ता तल्लो तहसम्म पुगेर जनताको समस्या सुनेर समाधान गर्दैै पार्टीलाई बलियो बनाउने काममा लाग्नुहोस ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *