असोजकाे दोस्रो साता उपत्यका बाहिर जानेलाइ बसकाे टिकट अग्रिम खाेल्ने

दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट सरकारले खुलाउने भएको छ।

यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ। यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ।

अग्रिम टिकट खुलाउन पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *