आज देखि कोहलपुरका विद्यालयले पठनपाठन गराउन पाउने

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आज देखि पठनपाठन गराउन पाउने भएका छन् ।

कोरोना महामारीको कारण बन्द रहेका विद्यालयहरू जनस्वास्थ्य मापदण्ड पालना गर्दै विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

कोहलपुर नगरपालिकाबाट अनुमोदन भएको ‘कोभिड-१९ को जोखिमरहित वातावरणमा भौतिक कक्षा संचालन कार्यविधि-२०७८’ अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरी विद्यालय खोल्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेलद्धारा जारी गरीएको सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *