आज ५७ औँ राष्ट्रिय बाल दिवस

फाइल फाेटाे

‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाट भर्चुअलरुपमा शुभारम्भ गरिने ५७ औँ राष्ट्रिय बाल दिवस २०७८ का अवसरमा मनाइने बालअधिकारका क्षेत्रमा भएका प्रयास र उपलब्धिको समीक्षा हुँदैछ ।

दिवसकै अवसर पारेर सडक बालबालिकामुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, बालअधिकार परिषद् र नेपाल रग्वी एसोशियसनले सडक बालबालिकालाई रग्वी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिनेछ । उक्त प्रशिक्षणमा ४० जना सडकबाट उद्धार तथा संरक्षण व्यवस्थापन गरिएका बालबालिकाको सहभागिता रहनेछ । विभिन्न संस्थाको सहकार्यमा सातै प्रदेशमा बालबालिकामा कोभिडले परेको प्रभाव र समाधानका उपायका विषयमा सिर्जनात्मक अभिव्यक्ति प्रस्तुत गर्ने कार्यक्रम पनि राखिएको छ ।

हरेक बर्ष भदौ २९ गते वाल दिवस मनाउने गरिन्छ। । बालअधिकार महासन्धीमा हस्ताक्षर गरेका मुलुकहरुले बालबालिकालाई खान, बस्न, पढ्न, लेख्न, खेल्ने व्यवस्था अनिवार्यरुपमा गर्नु पर्ने प्रावधान छ ।

तर नेपालमा भने यस्ता धेरै विषय नारामा मात्रै सिमित भएका छन । यस वर्षको राष्ट्रिय बाल अधिकार दिवसको नारा हामी सबैको सरोकार शान्ति, संविधान र सुनिश्चित बालअधिकार रहेको छ। अन्तराष्ट्रिय कानून अनुसार १८ वर्ष भन्दा मुनिकालाई र नेपालको कानून अनुसार १६ बर्ष मुनिका व्यक्तिलाई बालवालिका भनिन्छ ।

मानवविकास सुचाँङकका आधारमा हेदा नेपालमा कुल जनसंख्याको झण्डै ४९ प्रतिशत वालवालिका रहेका छन । ति मध्ये विद्यालय उमेर समुहका झण्डै ६ प्रतिशत वालवालिका अझै पनि विद्यालय जान पाएका छैनन  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *