बाँकेको राप्ति सोनारीमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु


बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ । पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा ती बाघ फेला परेका हुन् ।सोही ठाउँमा आइतबार बेलुकी स्थानीय एक ब्यक्तिलाई बाघले झम्टेको थियो । स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका पुरुषलाई बाघले खाएको थियो ।

आइतबार बेलुकीदेखि एक्कासी हराएका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो । मृतकको खुट्टासहितका अंगहरु राजमार्गभन्दा करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको थियो । बाघले मान्छे खाएको समाचार सार्वजनिक भएपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले घटनास्थल आसपासमै बाघलाई प्रत्यक्ष देखेका हुन् ।
‘मान्छे मारेकै ठाउँमा दुई वटा पाटेबाघ घुमिरहेका िथए,  बाघ हेर्न सयौंको संख्यमा मान्छे घटनास्थलमा िथए,’ घटनास्थलमै रहेका स्थानीय धर्मराज खड्काले भनुभयाे, ‘बाघ गाउँतिर छिर्ने प्रयासमा छ , राजमार्गमा मान्छेहरु टन्नै जम्मा भएकाले बाघ निकुञ्जभित्रै लुकेर बसेका छन् ।’
मान्छे खाएको बाघलाई आफूहरुले प्रत्यक्ष रुपमै देख्न पाएको उहाँले बताउनुभयाे । खड्काका अनुसार त्यहाँ दुई वटा पाटेबाघ घुमिरहेका छन् । ‘हाम्रो अनुमानमा यिनीहरु बाघ र बघेनी हुन सक्छन्, राजमार्गमा मान्छेको हल्ली खल्ली हुँदा पनि बाघलाई कुनै डर छैन,’ खड्काले भनुभयाे । मान्छे खाएको बाघबाट थप घटना हुन नदिनका लागि बाँके राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *