बाँकेमा लागुऔषधसहित चार जना पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित नेपालगञ्जको जमुनाहबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–५ का २५ वर्षीय तिमशी रानामगर र गढवा गाउँपालिका–६ का २५ वर्षकै करण मल्ल रहेका छन् ।

रुपइडिहाबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई लागुऔषध व्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा तिमशीले लगाएको ट्राउजरको पछाडीको दाहिने खल्तीमा कालो प्लाष्टिकमा बेरेको ६ ग्राम ब्राउन सुगर फेला परेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।यस्तै दुई ग्राम ब्राउनसुगरसहित दुई जनालाई नेपालगञ्जबाट पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *