लुम्बिनी प्रदेश सरकार र विश्वासको मत दुबैलाई अवैधानिक:प्रमुख सचेतक ढकाल

फाइल फोटो

लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको सरकार र सरकारले पाएको विश्वासको मत दुबैलाई अवैधानिक भनेको छ ।

प्रदेश सभा सचिवालयले २४ घण्टा अगावै कार्यसूची सार्वजनिक गर्नुपर्नेमा त्यसो नगरी एक्कासी मुख्यमन्त्रीले विश्वासको मत लिनु आपत्तिजनक भएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनु भयाे ।

‘यो सरकार पनि अवैधानिक हो, विश्वासको मत पनि अवैधानिक छ’, ढकालले भन्रृु भयाे, ‘हिजो एउटा कार्यसूची दिइयो, आज त्यसलाई कुल्चेर अर्कै कार्यसूची कसरी हुनसक्छ ।’

मुख्यमन्त्री कुलप्रसाद केसीले पाएको विश्वासको मतलाई एमालेले वैधानिकता नदिने र विरोध जारी रहने ढकालले बताउनु भयाे । सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म प्रदेश सभा वैठक कहिस्कार गर्ने आफ्नो पार्टीको बटमलाइन यथावत रहेको भन्दै उनले अब बोलाइएको भदौ १७ गतेको बैठक पनि चल्न नदिने ढकालले बताउनु भयाे ।

प्रदेश सभामा सभामुख र सत्ता पक्षको रवैयाले विपक्षी दलसंग दूरी बढाएको उनले बताउनु भयाे । सोमबार विपक्षी एमालेको बहिस्कारका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनु भयाे । ८० सदस्यीय प्रदेश सभामा सभामुखवाहेक ४३ सांसद उपस्थित भएकामा मुख्यमन्त्री केसीले ४२ मत पाउनु भयाे उपसभामुख कृष्णी थारु तटस्थ बस्नु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *