स्वास्थ्यकर्मीको मनोबल बृद्धि गराउनु पर्छ: पौडेल


बाँकेको खजुरा गाँउपालिकालले स्वास्थ्यकर्मीको मनोबल बृद्धि र क्षमता विकासका लागि विशेष कार्यक्रम संचालन गर्ने भएको छ । महामारी लगाएतका विपदमा नागरिकको स्वास्थ्य सेवामा काम गर्ने स्वास्थ्यकर्मी सहित परिवारको समेत मनोबल बृद्धिका लागि यस प्रकारको कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलको भनाइ रहेको छ ।
कोभिड १९ को महामारीले स्वास्थ्यकर्मी समेत प्रभावित बनाएकोले विगतको अनुभवका आधारमा आगमी आर्थिक वर्षका लागि यस प्रकारको कार्यक्रम संचालन गरिने उहाँले जानकारी दिनु भयो । खजुरा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख पौडेलले कोभिड माहामारीको अवस्थामा खजुरा गाँउपालिकाले नागरिकलाई समयमै घर दैलोमा पुगेर सक्दो सेवा र सुविधा दिइरहेको जानकारी दिनु भयो ।े
प्रमुख पौडेलका अनुसार स्वास्थ्यकर्मीले आफु जोखिममा रहेर कतिपय स्वास्थ्यकर्मीका घर परिवारले साथ नदिएको आवस्थामा पनि आफु पिडामा रहेर नागरिकको सेवा गर्नु परेको अनुभव उहाँको छ । खजुरा गाउँपालिकमा कोरोना संक्रमित ७ सय ९१ जनामा कोरोना संक्रमितको पहिचान भएको थियो ।। कोभिडका कारण गाँउपालिकाले पहिलो र दोस्रो लहरमा ३७ जनाले ज्यान गुमाउनु परेको थियो । निधन हुनेमा आमनागरिक, जनप्रतिनिधी ,कर्मचारी, शिक्षक हुनु हुन्छ ।
गाँउपालिकाले समेत स्वास्थ्य कर्मीलाई मनोबल बढाउनका लागि सहयोग गरिरहेको छ । अबका दिनहरुमा कोरोना माहामारी जस्ता समस्या नआउला भन्न सकिदैन यस विषय पनि पालिकासंग समन्व्य गरेर पूर्व तयारी समेत गरिरहेको उहाँको भनाइ छ । सो कुरा रेडियो हातेमालोसँग कुराकानीका आधारमा तयार पारिएको हो ।
सुष्मा श्रेष्ठ

Leave a Reply

Your email address will not be published.