बाँकेमा थप जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

बाँकेमा थप जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ २४ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ ३१ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।

जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयाे ।

यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ । बैंक तथा बिमा, बीउ विजन, कृषि औजार, बिषादीका पसल, निर्माण सामग्री पाइने पसल भने सिमित कामदार राखेर स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ ।

दैनिक उपभोग्य बस्तु खरिदका लागि भने विहान ७ देखि १२ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *