असार १ गतेदेखि विद्यार्थी भर्ना सुरु हुन्छः मन्त्री श्रेष्ठ

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिनु भयाे । मन्त्रालयमा आइतबार भएको छलफलका क्रममा मन्त्री श्रेष्ठले तोकिएको शैक्षिक सत्र अनुसार असार १ गतेदेखि अनिवार्य भर्ना प्रक्रिया अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिनु भएकाे छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना प्रक्रिया असार १ गतेदेखि अनिवार्य लागू हुने गरी छलफल भएको जानकारी दिए । ‘शैक्षिक असार १ देखि हुने भएकाले नयाँ भर्ना पनि त्यही दिनदेखि सुरु हुन्छ,’ उहँले भन्नु भयाे।

छलफलमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न समेत निर्देशन दिनु भयाे। उहाँले तत्काल देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिनु भयाे । सबै निकायलाई बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गरी साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने गरी लाग्न सुझाव दिनु भयाे।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्ने बताउनु भयाे । सचिव थपलियाले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयाे ।

एसईईको परीक्षाको मिति तय हुदै

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताउनु भएकाे छ । मन्त्रालयमा भएको छलफलमा उहाँले गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी पूरा हुन लागेको जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *