बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

बाँकेमा थप चार जनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना र युनाइटेड अस्पताल नेपालगञ्जमा एकजना गरि थप चार जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो।

उहाँका अनुसार बासगढी नगरपालिका–८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दियाका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँकेका ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ जना र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *