प्रधानमन्त्री ओलीले खोप सहायताप्रति अमेरिकी राष्ट्रपतिलाई धन्यवाद


प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्नूभएको छ । उहाले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिनु भएको हो । यो घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने समेत प्रधानमन्त्रीले ट्वीटमार्फत व्यक्त गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिनुभएको छ ।

अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक मार्फत सो जानकारी गराएको हो ।
अमेरिकाले नेपाल लगायत एशियाका विभिन्न देशलाई कोभ्याक्स मार्फत ७० लाख डोज खोप उपलबध गराउने भएको जनाइएको छ । अमेरिकाकाे साे घाेषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत धन्यवाद दिनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *