बाँकेका ९९ जना मात्रै कोरोना संक्रमितकाे अस्पतालमा उपचार हुँदै


बाँके जिल्लाका कोरोना संक्रमितहरु मध्येका ९९ जना मात्र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । बाँके जिल्लामा आज दिउसो ४ बजे सम्मको अभिलेख अनुसार ९९ जना कोरोना संक्रमितको अस्पतालहरुमा उपचार भइरहेको कोभिड १९ संकट व्यवस्थापन कार्यालयका नरेश श्रेष्ठले आफ्नो फेसबुकवाल मार्फत सार्वजनिक गर्नु भएको छ । उहाँ बाँके जिल्लाको बिरामी संख्या ९९ जना, बाँके बाहेकका १ सय ५४ जना र कोरोना संक्रमितका लागि उपचार गर्ने खाली बेड ९३ वटा रहेका छन ।
उहाँका अनुसार भेरी अस्पताल, बेड संख्या २ सय रहेकोमा, त्यहाँ उपचाररत बिरामीको संख्या १ सय ५७ छ भने २८ वटा वेड खाली रहेको र उपचाररत मध्य ३७ जना े शिकिस्त विरामी रहेका छन् ।
यसै गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बेड संख्या १ सय ३० रहेकोमा बिरामी संख्या ८८ जना र खाली बेड संख्या ४२ रहेका छन भने शिकिस्त बिरामी ७२ को उपचार भइरहेको छ । बाँकेकै वेस्टर्न अस्पताल नेपालगन्जमा सर्जिकल बेड संख्या १६ छ । श्रेष्ठका अनुसार बिरामी संख्या ३ जना रहेका छन भने खाली बेड संख्या १३ रहेका छन ्
यसैगरी युनाइटेड अस्पताल नेपालगन्जमा बेड संख्या १५ वटा छन । यहाँ बिरामी संख्या ५ र जना खाली बेड संख्या १० वटा रहेको छ ।
आजका मिति सम्म भेरी अस्पतालमा ३७ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ७२ जना र वेस्टर्नमा ३ जना, गरी जम्मा १ सय १२ जना शिकिस्त बिरामी रहेको श्रेष्ठले उल्लेख गर्नु भएको छ । अन्य मध्यम बिरामीको संख्या १ सय ४१ रहेको छ ।
बाँके जिल्लाका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उचारका लागि जम्मा बेड संख्या ३६१ रहेका छन भने आज उपचाररत, बिरामी संख्या २५३ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *