चीनले अनुदान दिएको ८ लाख डोज खोप काठमाडौं आइपुग्याे

 

 

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ ।  नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप मंगलबार त्रिभुवन विमानस्थलमा ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नु भएकाे थियाे । बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । साे खाेप भोली विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *