वैकल्पिक सरकार बनेमा म स्वागत गर्छुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले की बैकल्पिक सरकार बनाउनु हाेस की मलाइ सरकार चलाउन दिनुहासे भनि नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नु अपरिहार्य भएको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न अपरिहार्य भएको बताउनुभएको हो ।

दलहरु मिलेर २४ घण्टामा सरकार बन्न सक्ने भन्दै प्रधानमन्त्री अघि भन्नुभयाे, गए भयो, वैकल्पिक सरकार बनाए भयो । वैकल्पिक सरकार बनेमा म स्वागत गर्छु,’ उहाँले भन्नुभयो ।

यहीँ जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यकक्र ल्याउनेपर्ने समेत उहाँले बताउनुभयो । ‘फेरि जाने ७६(५) मै हो । हामीले जेठ १५ मा बजेट प्रस्तुत र त्यो भन्दाअघि नीति तथा कार्यक्रम पेश गर्नुपर्ने छ । बजेट कसरी तर्जुमा गर्ने ? नयाँ सरकारले कसरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने ? हामीले विश्वासको मत लिने कर्मकाण्ड गर्ने समयको सुविधा हामीलाई छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ’७६(५) मै जानुपर्ने भएपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु उचित मात्रै होइन, अनिवार्य हो । त्यसैले वैकल्पिक सरकार निर्माणका लागि आह्वान गरिएको हो । छलेर सरकार बनाउन खोजेको होइन ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *