मौसम: देशभर बद्ली, केही ठाउँमा ठूलो पानी पर्ने

देशभरको मौसम बद्ली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । तुलनात्मक रुपमा पश्चिमी क्षेत्रमा अलि धेरै र वाग्मतीसहित प्रदेश एक र दुईमा कम पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश एकका साथै अरु पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणाली, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही दिनदेखि मौसम बद्ली हुँदै आएको महाशाखाले जनाएको छ ।

भोलिदेखि मौसममा सुधार हुने सम्भावना देखिएको पनि मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *