आज मे १२  विश्व नर्सिङ दिवस

आज मे १२  विश्व नर्सिङ दिवस, यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन।

हरेक वर्षको मे १२ मा विश्व नर्सिङ दिवस मनाउने गरिन्छ। फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस मनाउने गरिएको हो। सन् १८२० मे १२ का दिन इटालीमा आधुनिक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्न नर्स पेशाको शुरुवात गर्ने फलोरेन्सको सम्मानस्वरुप यो दिवस मनाउन शुरु गरिएको हो।  नाईटिगेंलले बेलायतको लडंनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना गर्रनु भएकाे थियाे ।

नेपालमा वि.सं २०१३ देखि नर्सिङ पेशा शुरु भएको मानिन्छ विश्व नर्सिङ दिवस हरेक वर्षको मे १२ को दिनमा मनाईदै आएता पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्षको माघ १५ गते मनाउने गरीएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *