तीन हप्तामा बाँकेका ६ हजार १४२ जनामा कोरोना संक्रमण


बाँके जिल्लामा बैशाख १ गतेदेखि २१ गतेसम्म ६ हजार १४२ जनामा कोरोना संक्रमण देखिएको छ । कोभिड १९ को दोश्रो लहर शुरु भएयता २१ दिनको अबधिमा बाँकेका मात्रैकाे संख्या हाे । यो संख्या अत्यधिक मात्रामा बृद्धि भएको हो ।

बाँकेका कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार, बैशाख १ गतेदेखि २१ गतेसम्म बाँकेका २ हजार ७७९ महिला र ३ हजार ३६३ जना पुरुष गरी कुल ६ हजार १४२ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये, १०३८ महिला र १हजार २७३ पुरुष गरी कुल २ हजार ३११ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन ।

त्यसैगरी, १ हजार ७८८ जना महिला र २ दुइ हजार १५७ पुरुष गरी कुल ३ हजार ९४५ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । तीमध्ये, अधिकांस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन ।

बैशाख १ गतेदेखि २१ गते भित्र बाँकेमा ४६ महिला र ६९ पुरुष गरी ११५ जनाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिनु भयाे । बाँकेका ३८ महिला र ४५ पुरुष गरी ८३ जनाको मृत्यु भएको छ भने ३२ जना बाहिरी जिल्लाका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *