बुटवलका आइसोलेसन समस्या हुनासाथ अस्किजनसहित स्वास्थ्यकर्मी पुग्ने


बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अस्किजन लिएर पुग्नेछन ।

बुटवलमा मंगलबार उपमहानगर प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गर्नु भएको थियो । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्ड, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *