बाँकेमा आज कोरोना संक्रमणमुक्त भई ३४२ जना डिस्चार्ज


बाँकेमा कोरोना संक्रमण भएको ३४२ जना मंगलबार डिस्चार्ज हुनु भएको छ । कोरोना कहरका बिच समेत बाँकेमा कोरोनालाई जित्ने क्रम बढ्दै गएको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार डिस्चार्ज हुनेमा बिभिन्न अस्पताल तथा आईसोलेशन सेन्टरमा बस्दै आएका १६० महिला र १८२ पुरुष हुनुहुन्छ ।
यसअघि सोमबार ३४५ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका थिए । पछिल्लो समय हरेक दिन सयौंको सँख्यामा कोरोनाका बिरामीहरु कोरोनामुक्त हुँदै घर फर्किरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *