बाँकेमा थप ४ उपचाररत कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

बाँकेकाे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना बाँकेका हुन भने २ जना कैलालीका रहेका छन ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्ज १० का ७० बर्षिय पुरुषको गएराती ११.४० बजे अस्पतालमा मृत्यु भएको छ । उहाँको १७ गते पिसिआर जाँच गरिएको र १८ गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी, बर्दगोरिया ६, कैलालीका ८० बर्षिय पुरुषको पनि गएराती ११.५० मृत्यु भएको छ । उहाँलाई १४ गते पिसिआर जाँच गरी पोजेटिभ आए पश्चात् १५ गते अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।

ओलीका अनुसार, धनगढी १८, कैलालीका ५५ बर्षिय पुरुषको आज बिहान ४.३० बजे मृत्यु भएको छ । उहाँलाई १९ गते पिसिआर जाँच गरिएको र २० गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी, बैजनाथ ५ बाँकेकी ६२ बर्षिया महिलाको पनि आज बिहान ६.३० बजे मृत्यु भएको छ । उहाँको पनि १९ गते पिसिआर जाँच गरीएको थियो पोजेटिभ आए पछि २० गते अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४१ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गर्न आई मृत्यु हुनेको संख्या १२५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *