बाँकेमा निषेधाज्ञा २७ गते सम्म लम्बियाे

 

बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको अवधि बढाएको हो ।

बैखाख १३ गते मध्यरातीबाट आज राती १२ बजेसम्म बाँके जिल्लाभर निषेधाज्ञा जारी गरीएको थियो । कोरोना भाइरस संक्रमण भयावह बन्दै गएपछि प्रशासनले पुन: निषेधाज्ञाको अवधि लम्बाएको हो । अब २७ गते राती १२ बजेसम्म निषेधाज्ञा लागू हुने छ ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण दर र मृत्यु दर बढ्दै गएको छ । जिल्लाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *